प्रदेश ४ को स्थायी राजधानी पोखरा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

प्रदेश ४ को स्थायी राजधानी पोखरा

असार १८ , पोखरा । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ ।
प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् ।

त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशको नाम भने तोकिएको छैन । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।

धेरै पटक पढिएको