मधुमेहलाई जित्न यसो गर्नुहोस्, मधुमेहबारे केही भ्रम र सत्यहरू... - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

मधुमेहलाई जित्न यसो गर्नुहोस्, मधुमेहबारे केही भ्रम र सत्यहरू...


असार १८, काठमाडौँ । मधुमेह भएका वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले खानपान र जीवनशैलिमा परिर्वतन गरेको खण्डमा धेरै हदसम्म मधुमेह नियन्त्रणमा राख्न सकिन्छ र औषधिको प्रयोग कम वा औषधि नै प्रयोग गर्नु नपर्ने स्थिति पनि आउन सक्छ। जसले गर्दा मधुमेहबाट हुने अन्य जोखिमबाट पनि हामी बच्न सक्छौं।

हामीले प्रत्येक छाकमा अन्नको तुलनामा तरकारीको प्रयोग बढी मात्रामा गर्नुपर्दछ। मैदाजन्य परिकारले सुगर लेभल चाँडो बढाउने भएकाले यस्ता वस्तु प्रयोग कम वा गर्नुहुन्न। 

प्रशस्त खान सकिने कुराहरू :
- सादा सलाद जस्तै काँक्रो, मुला, गाँजर, गोलभेडा, प्याज आदि। 
- सागसब्जी वा सागसब्जीको सुप
- पातलो मही, कागती पानी

ध्यान दिनुपर्ने अन्य कुराहरू :
- खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्ने। 
- बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि नखानुहोस्।
- तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स,          तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि  नखानुहोस्।
- चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो        बिस्कुट आदि नखानुहोस्।
- ताजा फलफुलबाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखानुहोस्।
- हल्का पेय पर्दाथ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखानुहोस्।
- मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्नुहोस्।

मधुमेहबारे केही भ्रमहरू :
भ्रमः सेतो (सधै खाने) चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ
सत्यः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न चलाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी राख्नुहोस्।
भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ।
सत्यः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ।
भ्रमः जमिनमुनी उत्पादन हुने खाद्यपदार्थ खानुहन्न।
सत्यः काँक्रो, मुला प्रशस्त खान सकिन्छ। अन्य जमिनमुनीको वस्तुलाई पनि अनुपात मिलाएर खान सकिन्छ। जस्तै अन्नको सट्टा उही अनुपातमा आलु खान सकिन्छ।
भ्रमः चिनीको सट्टा मह खान हुन्छ।
सत्यः महमा पनि कार्बोहाईड्रेट बढी मात्रामा पाईने हुनाले नखानुहोस्।
भ्रमः गुलियो फलफुल खानुहुन्न। जस्तै केरा।
सत्यः हरेक खानेकुराको आ–आफ्नै विशेषता हुने भएकाले ठीक्क अनुपातमा मिलाएर खान सकिन्छ। जस्तै                 एउटा स्याउको सट्टा आधा केरा खान सकिन्छ।
भ्रमः अण्डाको पहेंलो भाग खानुुहुन्न।
सत्यः अण्डाको पहेलो भागमा कोलेस्टेरोल हुने भएकाले धेरै जनाले अण्डा नै खान छाडेको पाईन्छ। तर                     अण्डाको पहेंलो भागमा कोलेस्टेरोल मात्र नभएर अन्य राम्रो प्रकारका शरीरलाई आवश्यक पर्ने भिटामिन           पनि पाईने भएकाले माछामासु दैनिक नखाने ब्यक्तिले दिनको एउटा अण्डा खान सकिन्छ। एक भन्दा बढी         अण्डा खाएमा बाँकी अण्डाको पहेंलो भाग हटाउन सकिन्छ।
भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि सुगरका लागि राम्रो हुन्छ। 
सत्यः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर ठिक्क मात्रामा सलाद, तरकारीहरु राखेर खान सकिन्छ।

सुझाव :
- आफ्नो जीवनशैलि, खानपानलाई परिवर्तन गर्नुहोस्।
-  दैनिक शारीरिक व्यायाम गर्नुहोस्।
-  खानामा अन्नको मात्रा सधै उस्तै राख्नुहोस्।
-  एउटै समयमा खाने बानी गर्नुहोस्।
-  खानपान फेरबदल गरेर खानुहोस्।

धेरै पटक पढिएको