अन्तर्राष्ट्रिय ताईक्वांडो प्रतियोगितामा भाग लिन मदरल्याण्ड स्कुलका विद्यार्थी भारतको चेन्नई प्रस्थान - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, December 25, 2018

अन्तर्राष्ट्रिय ताईक्वांडो प्रतियोगितामा भाग लिन मदरल्याण्ड स्कुलका विद्यार्थी भारतको चेन्नई प्रस्थान

पुष १०, भक्तपुर । भारतको चेन्नईमा यही पुष १३ देखी १५ गतेसम्म  सम्म आयोजना हुने अन्तर्राष्ट्रिय ताईक्वांडो प्रतियोगिता २०१८ मा ताईक्वांडो आइटीएफ नेपालका पाँच खेलाडी आज चेन्नई प्रस्थान गरेका छन् । 

आज मदरल्याण्ड स्कुल प्रांगणमा भक्तपुर क्षेत्र नं २ का माननीय सांसद तथा पूर्व मन्त्री महेश वस्नेतले उक्त खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गरी शुभकामना सहित विदाई गर्नु भयो । उहाँले विश्वलाई नेपालले  चिन्ने भनेकै खेलको माध्यमबाट हो भन्दै खेलाडी भाइ बहिनीहरुलाई जितेर आउन प्रेरणा एवं हौसला प्रदान गर्नु भयो । 

सूर्यविनायक नगारपालकिा ९ नंखेलका वडा अध्यक्ष उपेन्द्रराज केसीले यस ओडामा रहेको मदरल्याण्ड स्कुलले गरेको सामाजिक कार्यमा साथ दिँदै आएको प्रसंशा गर्दै शुभकामना दिनु भयो ।

मदरल्याण्ड स्कुल कक्षा ९ उमेर १५ वर्षको अमृत माँझीले ४०पन तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा १० उमेर १५ वर्षकी अस्मिताले ४५(५० पन तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा ९ उमेर १५ वर्षकी सोनिशा त्यातले ४०पन र ग्रीन बेल्ट तर्फ , कक्षा ८ उमेर १३ वर्षकी सुरक्षा थापाले ३५-४०प्न  स्पारिगं र  ग्रीन ब्लू बेल्ट तर्फको तूल डिविजन मा प्रतिस्पर्धा गर्ने छन साथै यसै खेलमा गणेश भारती विद्यालय काभ्रेका रूपक खड़काले १४ वर्ष उमेर समूहको ४५पन तौल स्पारिंग र ब्लू देखी रेड बेल्ट समूहको तूल तर्फ प्रतिस्पर्धा  गरने छन । बिधाई समरोहामा ताईक्वांडो आईटीएफ नेपालका सचिब राकेश राई र कोषाध्यक्ष गयाजी खड़काको पनी उपस्थिति थियो 

टिम मैनजरमा मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्का सहभागी छन यस अगाडि गत शनिवार ताईक्वांडो आई टि एफ नेपाल का संस्थापक अध्यक्ष तथा अंतरष्ट्रिया क्लास रेफ्री लक्ष्मण बस्नेत सल्लाहकर आंग तेम्बा शेर्पा र खेलाडि रूपक खड़का चेन्नई प्रस्थान गरिसकेका छन । लक्ष्मण बस्नेतले प्रतियोगिताको टुर्नामेन्ट निर्देशकको भूमिका निर्वाह गर्ने छन ।

धेरै पटक पढिएको