काभ्रेपलाञ्चोक जिल्लाको
स्वरूप :-
भौगोलिक स्थिती:-
नेपाल अधिराज्यको मानचित्रमा ८५०२४
'-८५०५३ ' पूर्वी देशान्तर र
२७०२० '-२७०४५' उत्तरी
अक्षांशकाबीच फैलिएर रहेको काभ्रे
जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि.
मि. रहेको छ
। काठमाण्डौं उपत्यकादेखि सबभन्दा नजिकमा
रहेको अर्को जिल्ला
सदरमुकाम धुलिखेल हो । यस
जिल्लाको सिमाना वागमती अञ्चलका काठमाण्डौं (पश्चिम),
भक्तपुर -पश्चिम), ललितपुर -पश्चिम),
सिन्धुपाल्चोक
(उत्तर), जनकपुर अञ्चलका रामेछाप, दोलखा
(दुवै पूर्व) र
सिन्धुली (दक्षिण) अनि नारायणी अञ्चलको मकवानपुर (दक्षिण)
समेत गरी कुल
आठ वटा जिल्लासँग जोडिएको छ
।
जिल्लाको दक्षिणी सीमा हुँदै बग्ने साल्मे चाकल गा. वि.स. स्थित को खाजोरखोला आस पास यस जिल्लाकै न्यूनतम उचाइ बिन्दू (करिब २८० मि.) फेला पर्दछ भने ३०१८ मिटर उचाइ रहेको बेथाञ्चोक नारायण डाँडा (ढुंखर्क गा.वि.स.) नै र्सवाधिक उच्च बिन्दू हो । जिल्लाको औसत लम्बाइ (पूर्व/पश्चिम) ४२.०५ कि. मि. छ भने औसत चौडाइ (उत्तर/दक्षिण) ३५.४२ कि.मि. रहेको छ । इन्द्रावती, सुनकोशी, वागमती र रोशी यस जिल्ला हुँदै बग्ने ठूला नदीहरू हुन् । जिल्लाभित्र साना ठूला गरी ४९२ वटा नदीनालाहरू रहेका र तिनीहरू बाट कुल १५७३ कि.मि. जलप्रवाह हुने अनुमान छ ।
अधिराज्यको मध्यपहाडी क्षेत्रमा पर्ने यस जिल्लामा अर्धउष्ण, न्यानोस मशीतोष्ण र ठण्डा शीतोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाइन्छ । भूमिको बनावट हेर्दा कुल भूमिमध्ये ५२.५%, ४१.३%, ५.१% र १.१% भू-भाग क्रमशः ज्यादै भिरालो जमिन, कम भिरालो जमिन, फाँट र ग्राभेल, ढुंगा / नदीले ओगटेको छ ।

धार्मिक सन्दर्भ:-
हिन्दू एवं बौद्धमार्गीहरूका लागि
यस जिल्लामा विख्यात मन्दिर
र गुम्बाहरू रहेका
छन् । पलाञ्चोक भगवती,
चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव,
लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ
मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोर्साईंस्थान, आशापुरी महादेव,
करुणामाई भगवती, गौखुरेश्वर, दुलालेश्वर महादेव
लगायतका तीथस्थलहरू विदेशमासमेत, अधिराज्यभर र आसपासका जिल्लाहरूमा प्रसिद्ध रहेका
छन् भने जिल्लाभित्रै मात्र
ख्याति पाएका अनेकन्
मठ, मन्दिर, गुम्बा,
ध्यान एवं सत्संग
आश्रमहरू पनि उल्लेख्य संख्यामा रहेका
छन् ।
यस जिल्लामा सांस्कृतिक महत्वका निकैरोचक, आकर्ष र वृहत्जात्रा एवं मेलाहरू पनि आवधिक रूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरू मध्ये प्रत्येक १२ वर्षा लाग्ने मकर मेला -पनौती) , प्रत्येक १२ वर्षा लाग्ने हलसिद्धि जात्रा, पनौती जात्रा -ज्याःपून्हि), नवदुगा जात्रा -पनौती/धुलिखेल), बाह्रवर्षो हरिसिद्धि मेला -धुलिखेल), प्रत्येक जनै पूणिर्मामा लाग्ने शैलेश्वर गोर्साईंस्थान मेला -बनेपा), वैशाख पूणिर्मामा लाग्ने चण्डेश्वरी जात्रा -बनेपा), कार्तिक पूणिर्मा -हरि बाधिनी एकादशीपछिको) मा लाग्ने नमोबुद्ध दर्शन -श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा -बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन -धनेश्वर) महत्वपूर्ण मानिन्छन् । वि.सं.२०५८ को जनगणना अनुसार यस जिल्लामा ६४.७७% हिन्दू, ३४.६९% बौद्ध, ०.०५% मुस्लिम, ०.०१% किराँत, ०.२९% क्रिश्चियन र ०.१८% अन्य धर्मावलम्बीहरू रहेका छन् ।

ऐतिहासिक सन्दर्भ:-
नेपाल अधिराज्यको एकीकरणपूर्व पनि
वर्तमान काभ्रे जिल्लाभित्र पर्ने
बनेपा, पनौती, धुलिखेल, खोपासी,
नाला, साँगा, पलाञ्चोक, मण्डन,
दाप्चा, नाल्दूम, चौकोट
जस्ता लघुराज्य अथवा
गाउँहरूले इतिहासको पानामा आफूलाई सुरक्षित गरेकै
थिए । यी
स्थानहरू धार्मिक, पुरातात्विक, राजनैतिक, सामाजिक, व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले इतिहासमा पढिन्छन् ।
विक्रम संम्वत् २०१९ मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु भन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अर्न्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो । कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान काभ्रे जिल्लाभित्र काभ्रे र पलाञ्चोक गरी दुइ वटा मौजाहरू थिए र तिनै मौजाहरूको संलयनद्वारा वि.सं.२०१९ सालमा काभ्रे पलाञ्चोक जिल्लाको जन्म भयो । 'काभ्रे' वर्तमान काभ्रे पलाञ्चोक जिल्लाभित्र पर्ने एक गा.वि.स. हो भने 'पलाञ्चोक' साठीघर भगवती गा.वि.स. मा पर्ने एक डाँडा हो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर (आवरण पृष्ठमा चित्रित) छ । जम्मा ११५२१ जनसंख्या रहेको सदरमुकाम धुलिखेल जनसंख्याको दृष्टिले र बनेपा -५.३७ वर्ग कि.मि.) क्षेत्रफलका दृष्टिले अधिराज्यकै सबभन्दा साना नगरपालिका हुन् । यिनलाई अरनिको र बी.पी. दुबै राजमार्गले छेदन गर्छन् ।

सामाजिक सन्दर्भ:-
सिंगो नेपालअधिराज्यमाझैंयस जिल्लामा पनि
विभिन्न भाषाभाषी, जातजाति र धर्मानुयायीहरू को
उपस्थिति देख्न सकिन्छ ।
राष्टिय जनगणना २०५८ को
प्रतिवेदन अनुसार यस जिल्लामा विभिन्न ५०
थरि जातजाति, ६
थरि धर्मावलम्बीहरू र
२० वटा भाषाहरू व्यवहारमा रहेका
भेटिन्छन् । प्रति वर्ग
कि.मि.२७६
जना बसोबास गर्ने
यस जिल्लाकासबै जातजातिहरू माझ
तामाङ्गहरूको बाहुल्य देखिन्छ भनेदोश्रो, तेश्रोर चौथो स्थानमा क्रमशःव्राह्मण, क्षेत्री र
नेवार रहेकाछन् ।
जनजातिहरू मध्ये पर्ने पहरी जातिको उपस्थिति यस जिल्लामा अधिराज्यका अन्यजिल्लाहरूमा भन्दा र्सवाधिक -३४९८) देख्न सकिन्छ ।भाषाहरू मध्ये नपाली, तामाङ्ग र नेवारी क्रमशः प्रथम, दोश्रो र तेश्रो स्थानमा रहेका छन् भने हिन्दू र बौद्ध धर्मले दुइ शीर्षस्थ स्थान ओगटेका छन् । ज्ञातव्य छ, गरिबी र वञ्चितता सूचकाङ्क-नेपालका जिल्लागत विकास सूचकहरू :ICIMOD, पृष्ठ १६) मा काभ्रे उत्कृष्ट १८ औं स्थानमा पर्दछ ।

अर्थतन्त्र:-
कृषि बाहेक काभ्रेलीहरू सरकारी सेवा, जंगी, निजामती, प्रहरी, शिक्षण), व्यापार व्यवसाय र वैदेशिक रोजगारमा विशेष सक्रिय रहेका भेटिन्छन् । बनेपा, जिल्लाको प्रमुख ब्यापारिक केन्द्र हो । औद्योगिक गणना २०५९ अनुसार जिल्लामा ३० वटा ठूलाखाले उत्पादनमूलक उद्योगहरू रहेका छन् । जिल्लाभित्र उत्पादनमूलक प्रतिष्ठानहरूको तुलनामा व्यापार एवं सेवामूलक व्यवसायहरूको प्राचुय सहज अनुभव हुन्छ।
जिल्लाको नगरपालिका तथा जिल्लाको सिमानामा जोडिएका जिल्लाहरु
पूर्व – रामेछाप र दोलखा
पश्चिम – काठमाण्डौँ, भक्तपुर र ललितपुर
उत्तर – सिन्धुपाल्चोक
दक्षिण –सिन्धुली र मकवानपुर
राजनितिक तथा प्रशासनिक बिभाजन
विकास क्षेत्र – मध्यमाञ्चल
अञ्चल – बागमती
जिल्ला – काभ्रेपलाञ्चोक
ईलाका – १५
नगरपालिका – ५ (धुलिखेल, बनेपा, पनौती ,पाँचखाल ,काशिखण्ड)
गाविस – ७९
संसदीय निर्वाचन क्षेत्र – ४
जिल्ला सदरमुकाम – धुलिखेल
राजधानीदेखी दरमुकामसम्मको दुरी – ३० किलोमिटर
प्रमुख बजार केन्द्रहरु
बनेपा, धुलिखेल, पनौती, खोपासी, नाला, साँगा, पाँचखाल, दोलालघाट, कुन्ताबेसी, भकुण्डे, ढुंखर्क, च्याम्राङबेसी, पोखरीनारायणस्थान, दाप्चा, मङ्गलटार, कात्तिकेदेउराली, चौबास, तालढुङ्गा...
जनसंख्या – (राष्ट्रिय जनगणनाको प्रतिवेदन – २०६८)
कुल घरधुरी – ८०७२०
कुल जनसंख्या – ३८१९३७
महिला – १९९००१ (५२.१ प्रतिशत)
पुरुष – १८२९३६ (४७.९ प्रतिशत)
औषत परिवार संख्या – ४.७३
जनसंख्या बृद्धिदर – —०.९७
जनघनत्व – २७४ (प्रति बर्ग कि.मी)
ग्रामिण जनसंख्या – ३१२४६८ (८१.८ प्रतिशत)
शहरी जनसंख्या – ६९४६९ (१८.२ प्रतिशत)
जातिय आधारमा जनसंख्याको स्थिति
जातजाती जनसंख्या प्रतिशत
तामाङ १२९,९१३ ३४.०१
ब्राम्हण ८२,२४६ २१.५३
क्षेत्री ५२,२७५ १३.६९
नेवार ५०,६७० १३.२७
मगर १४,५७२ ३.८२
कामी ९,२१८ २.४१
सार्की ७,१२४ १.८७
दनुवार ६,८६५ १.८
दमाई ५,५६७ १.४६
सन्यासी ३,५८८ ०.४६
पहरी ३,५३७ ०.९३
गुरुङ १,१७१ ०.३१
हायु ४५ ०.०१
अन्य १५,१४४ ३.९७
जम्मा ३८१,९३७ १००
धर्मका आधारमा जनसंख्याको स्थिति
धर्म जनसंख्या प्रतिशत
हिन्दु २३८,९९४ ६२.५७
बौद्ध १३२,२४५ ३४.६२
ईस्लाम ३१८ ०.०८
किराँत ६१ ०.०२
क्रिश्चियन ६७८६ १.७८
अन्य ३५३३ ०.९३
भू–उपयोग
क्र.सं. भूमिको किसिम जम्मा हेक्टर प्रतिशत
१ कृषि भूमि ६१,५९४ ४३.८
२ वन भूमि ७३,८०१ ५२.६
३ अन्य क्षेत्र ५,०९१ ३.६
३.१ चरण क्षेत्र ३,७५१
३.२ चट्टान १,२६८
३.३ नगर ६०
३.४ भू–क्षय १२
कुल जम्मा १,४०,४८६