काभ्रे साँगामा दुर्घटना हुँदा एककाे मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, December 04, 2019

काभ्रे साँगामा दुर्घटना हुँदा एककाे मृत्यु


 मंसिर १८, काभ्रेपलान्चोक । काभ्रेपलान्चोककाे साँगामा सवारी दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।

बनेपा न.पा.१४ सागाँ स्थित अरनिको राजमार्गमा काठमाण्डौ बाट बनेपा तर्फ आउदै गरेको ना ४ ख ४००१ नं. को यात्रु बाहाक बसले बिपरीत दिशा तर्फ जादै गरेको प्रदेश नं.
३ ० २-००६ प १६३२ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ३ जना मध्ये पछाडि सवार एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा जिल्लालचम्पादेबी गा.पा. बस्ने बर्ष २० को प्रजिस सुनुवार गंभीर घाईते भई उपचारको लागि शिर मेनोरियल अस्पताल बनेपा पठाईएकोमा ६:५० बजेको समयमा मृत्यु भएको हो ।

स्कुटर चालक रामेछाप जिल्ला न.पा.५ रामपुर बस्ने बर्ष ३२ को टेक बहादुर तामाङ र निजकै छोरी बर्ष ४ की उपासना तामाङ सामान्य रहेको ई.प्र.का. बनेपाले जनाएको छ ।

धेरै पटक पढिएको