ब्राजिल क्वाटरफाइनलमा, मेक्सिको २-० गोलले पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

ब्राजिल क्वाटरफाइनलमा, मेक्सिको २-० गोलले पराजित


 असार १८, मस्को । पाँच पटकको पुर्व विजेता ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। नकआउट चरणको खेलमा ब्राजिलले सोमबार राती मेक्सिकोलाई २-० गोलले हरायो। ब्राजिलका नेईमार र फिरमिनोले एक एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै ब्राजिलले अग्रता लिएको थियो। नेईमारले ५१ औं मिनेटमा गोल गरेका थिए।

५१ औं मिनेटमा विलियानको क्रसमा नेईमारले गोल लाइन नजिकैबाट ट्यापिङ गरेर गोल गरेका हुन्। ८८ औं मिनेटमा नेईमारकै पासमा फिरमिनोले गोल गरेका थिए।
दुई मिनेट अघिमात्र फिलिप काउटिन्होको स्थानमा मैदान छिरेका फिरमिनोले नेईमारले दिएको क्रसमा ट्यापिङ गर्दै गोल गरेका थिए। बेल्जियम र जापानबीचको खेलको विजेतासँग ब्राजिलले क्वाटरफाइनलमा खेल्ने छ। बेल्जियम र जापनबीचको खेल आजै राती पौने १२ बजे सुरु हुने छ।
ब्राजिल २००२ यता विश्वकप जित्ने प्रयाशमा छ। नेईमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन्। यसअघि समूह चरणमा कोस्टारिकाविरुद्ध पनि उनले गोल गरेका थिए। नेमारले सिनियर राष्ट्रिय टोलीका लागि व्यक्तिगत ५७ औं गोल गरेका हुन्। 

धेरै पटक पढिएको