भारत र चीनसँग ओली लम्पसार परे, चीनबाट रेल आउँदैनः देउवा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 07, 2018

भारत र चीनसँग ओली लम्पसार परे, चीनबाट रेल आउँदैनः देउवा

पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप
असार २३ , रामेछाप । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप लगाएका छन् । उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको भन्दै आफ्ना सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

‘पूर्ववती सरकारका निर्णय उल्ट्याएर सरकार मुठभेड निम्त्याउन खोजिरहेको छ’, प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, ‘यो प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर चालिएको निरंकुशता उन्मुख कदम हो ।’

देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रष्ट पारे । उनले अगाडि थपे, ‘सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसावले उत्रिएको छ, यसको कांग्रेसले कडा प्रतिवाद गर्छ ।’

फरक प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकार भारत र चीनसँग लम्पसार परेको आरोप लगाए । चीनबाट रेल ल्याउने चर्चा चलिरहेका बेला उनले त्यसलाई ‘सपना’को संज्ञा दिए ।

देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति पनि आपत्ति जनाए । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाइनुले सरकार निरंकुशताको बाटोमा अग्रसर भएको पुष्टि गरेको उनको भनाइ छ ।

देउवाले नेपाली कांग्रेसभित्र अब कुनै गुट नहुने दाबीसमेत गर्न भ्याए । पार्टी गुट अन्त्य गर्न आफू खटिएको र अब कांग्रेस एक ढिक्का भएर अघि बढ्ने उनको तर्क छ ।

धेरै पटक पढिएको