मोटोपन घटाउने हो ? यी ८ खानेकुरा छोड्नुस् - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 07, 2018

मोटोपन घटाउने हो ? यी ८ खानेकुरा छोड्नुस्

असार २३, काठमाडौँ ।  खानपानले व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रीसिनले गरेको एक अनुसन्धान अनुसार ‘फास्ट फुड’ धेरै खानाले मोटोपनाको शिकार भइने बताउँछ। ‘फास्ट फुड’ले मात्र नभइ अन्य खानाले पनि मोटोपना बढ्ने सम्भावना रहन्छ:-

१. कफि – विहान, साझ, फुर्सदमा होस या जतिबेला पनि कफि खाने बानी आम मान्छेमा प्रचलित छ । तर १ कप कफिमा २०० क्यालोरी हुन्छ । यसमा चिनी राख्नाले क्यालोरिको मात्रा झनै बढ्ने हुन्छ । त्यसैले कफि पिउंदा चाडो तौल बढ्छ ।

२. फलफुलको जुस यसमा गुलियो पदार्थ धेरै हुन्छ । शरिरले बढी कार्बोहाइड्रेड खपत गर्न सक्दैन। जसको फलस्वरुप शरिरमा बोसो खपत हुँन पाउँदैन अनि पेट लाग्ने गर्छ।

३. सेतो पाउरोटी – चिया संग होस् या खाजाको रुपमा सबैभन्दा सजिलो मानिने चिया पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले शरिरमा रगतको मात्रा उच्च गराई अनावश्यक तौल बढाउँछ।

४. दूध – १ कप दुधमा २८५ क्यालोरी पाइन्छ । यसमा पाइने चिल्लो पदार्थको कारण तौल बढ्ने हुन्छ ।

५ .ह्वाइट चकलेट यसमा चिनीको मात्रा धरै हुने भएकोले माटोपना बढाउनमा सहयोग गर्दछ ।

६. कोल्ड ड्रिंस् – यसमा कृत्रिम गुलियो पदार्थ मिसाइएको हुन्छ । जसका कारण छिटो छिटो भोक लाग्ने हुन्छ र पेटमा तथा पाखुराहरुमा अनावश्यक वोसो जम्मा हुन्छ ।

७. चिज – चिजमा अत्याधिक मात्रामा चिल्लो पदार्थ पाइन्छ । चिजबाट बनेका परिकार खानाले तीव्र मोटोपनाको शिकार भइन्छ ।

८. बटर र घ्यू यसमा पनि अधिक मात्रामा क्यालोरी पाइन्छ । दैनिक बटर खानाले तौल बढ्दै जान्छ ।


धेरै पटक पढिएको