फ्रान्स १२ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा,उरुग्वे २-० गोलले पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 06, 2018

फ्रान्स १२ वर्षपछि विश्‍वकपको सेमिफाइनलमा,उरुग्वे २-० गोलले पराजित

  असार २२, मस्को | पुर्व विजेता फ्रान्स  रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको क्वाटरफाइनलमा फ्रान्सले अर्को पुर्व विजेता उरुग्वेलाई २-० गोलले हरायो।  फ्रान्सका एन्टोइन ग्रिजम्यान र राफायल भरानेले एक एक गोल गरे।
भरानेले ४० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा डिफेन्डर भरानेले हेडमार्फत गोल गरे। ग्रिजम्यानले ६१ औं मिनेटमा  टोलीको अग्रता दोब्बर बनाए। डिबक्सबाहिरबाट ग्रिजम्यानले गरेको प्रहार उरुग्वेका गोलरक्षक फर्नान्डो मुसलेराको हातमा लागेर फुत्किएको थियो।

मुसलेराले पन्च गर्न खोज्दा बल फुत्केर गोलपोष्टमा छिरेको थियो। सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसयता फ्रान्स विश्वकपमा पहिलोपटक सेमिफाइनल पुगेको हो।
फ्रान्स दुई वर्षअघि घरेलु मैदानमा आयोजित युरोकपको फाइनल पुगेको थियो। फ्रान्सले ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग सेमिफाइनलमा खेल्ने छ। बेल्जियम र ब्राजिल आजै राती पौने १२ बजे प्रतिस्पर्धा गर्दैछन्।

ब्राजिल प्रतियोगितामा कायम एकमात्र दक्षिण अमेरिकी टोली हो। सन् २००६ पछि पहिलोपटक सेमिफाइनलमा पुग्ने प्रयाशमा रहेको दुई पटकको विजेता उरुग्वे चोटग्रस्ट स्ट्राइकर एडिन्सन काभानीबिनै उत्रिएको थियो।

धेरै पटक पढिएको