इङ्ल्यान्ड र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा, रुस र स्विडेन बाहिरिए - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 07, 2018

इङ्ल्यान्ड र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा, रुस र स्विडेन बाहिरिए

असार २४, काठमाडौं । इङ्ल्यान्ड र क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराती रुसको सामरा एरिनामा भएको क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हराउँदै सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

खेलको ३० औं मिनेटमा इङ्ल्यान्डले अग्रता लियो । आस्ले योङको कर्नर प्रहारमा ह्यारी म्याग्वायरले हेडिङमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएका हुन् ।

दोस्रो हाफको ५८ औं मिनेटमा इङ्ल्यान्डले अग्रता दोब्बर पा¥यो । जेस्सी लिङ्गार्डको पासमा डेले अलीले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका हुन् ।

यसपछि खेलमा स्विडेनले केही अवसर सिर्जना गरेपनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले लगातार उत्कृष्ट बचाउ गर्दै गए ।

जितसँगै इङ्ल्यान्ड सन् १९९० पछि पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा इङ्ल्यान्डले क्रोाएसियाको सामना गर्नेछ । 

गएराति भएको अन्तिम क्वाटरफाइनलमा आयोजक रुसलाई पराजित गर्दै क्रोएसियाले इङ्ल्यान्डविरुद्धको सेमिफाइनल भिडन्त तय गरेको हो ।

सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया टाई ब्रेकरमा विजयी भयो । खेलको ३१ औं मिनेटमा रुसले अग्रता लियो ।

डेनिस चेरिसेभले उत्कृष्ट गोल गदै घरेलु टोलीलाई अग्रता दिएका हुन् ।

३९ औं मिनेटमा क्रोएसियाका मारियो मान्डुकिचको पासमा आन्द्रे क्रामारिचले गोल फर्काउँदै खेल बराबरी गरे । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।

अतिरिक्त समयको १० औं मिनेटमा क्रोएसियाका भिडाले एक गोल गर्दै टोलीलाई खेलमा पहिलो पटक अग्रता दिए ।

तर थपिएको समय सकिन ५ मिनेट मात्रै बाँकी छँदा रुसका मारियो फर्नान्डेसले एक गोल गरेपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भयो ।

रुसका फेडोर स्मोलोभ र मारियो फर्नान्डेसको प्रहार बिफल हुँदा क्रोएसियाका कोभासिसको प्रहार रुसी गोलकिपरले बचाएका थिए ।

राउण्ड अफ सिक्सटिनको खेलमा डेनमार्कलाई टाई ब्रकेरमा हराएको क्रोएसियाले गएराति क्वाटरफाइनल खेलमा पनि टाईब्रेकरमा नै परिणाम आफ्नो पक्षमा पारेको हो ।

यो जितसँगै क्रोएसिया दोस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप खेल्दा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।

धेरै पटक पढिएको