नेइमार अझै सुध्रिएनन्, उत्कृष्ट खेलेर पनि आलोचना, के गरे नेइमारले (भिडियो सहित) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

नेइमार अझै सुध्रिएनन्, उत्कृष्ट खेलेर पनि आलोचना, के गरे नेइमारले (भिडियो सहित)

असार १९, काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

ब्राजिलको जितमा नेइमारको भूमिका महत्वपूर्ण रह्यो । पहिलो हाफमा गोलरहित रहेको खेलमा नेइमारको गोलबाट नै ब्राजिलले दोस्रो हाफमा खेल आफ्नो पक्षमा ल्यायो ।

५१ औँ मिनेटमा नेइमारले गोल गर्दै दिलाएको अग्रता अन्तिम समयमा रोबर्टो फिरमिनोले गोल गरेपछि दोब्बर हुँदै जितमा परिणत भयो । 
तर यो खेलमा गोल गरेर चम्किए पनि नेइमारको एउटा बानी भने नसुध्रिएको विश्लेषकले आरोप लगाएका छन् । त्यो बानी हो, सानो ट्याकलमा पनि मैदानमा लड्ने र त्यसलाई ठूलो देखाउने वा अभियन गर्ने ।

पहिलो गोल गरेका नेइमारको भूमिका दोस्रो गोलमा पनि महत्वपूर्ण रह्यो । नेइमारले ब्राजिललाई उत्साहित तुल्याए, तर आफ्नो अनावश्यक व्यवहारका कारण खेलको कलालाई उत्कृष्ट हुन नदिएको ब्राजिलियन पत्रिकाहरुले नै लेखेका छन् । ब्राजिलको पत्रिका ग्लोबोले त ‘नेइमार ह्याज चार्मड ब्राजिल, बट एनोइड होल वर्ल्ड’ भन्ने शीर्षकमा समाचार नै छापेको छ । 
नेईमार कति सम्म नाटक गर्न सक्छन् भन्ने कुरा यो यो खेलको भिडियो बाट थाहा हुन्छ । मेक्सिकोका खेलाडीले बल लिदा समेत ठुलो चोट परेझै गरेर छट्पटिएका छन् । 

विश्वका महँगा खेलाडी र उनको राम्रो प्रदर्शन, टिमको जितका बाबजुद नेइमार फुटबल प्रेमीमा आफ्नो छापा पार्न असफल देखिएका छन् । त्यसको कारण उनी अनावश्यक ठाउँमा बढी प्रतिक्रिया देखाइरहेका छन् ।


सोमबार रातिको खेल सकिन मात्रै २० मिनेट बाँकी थियो । त्यो बेलासम्म नेइमारले गोल गरिसकेका थिए । मेक्सिकोका फुल–ब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा छोए, तर त्यो बेस्सरी थिएन ।
उनले निकै सावधानी अपनाउँदा पनि छोइएको थियो । तर नेइमारले त्यसलाई ठूलो बनाए । मैदानमा लडे, बेस्सरी कराए । एक छिनपछि उठे । यसले नेइमारको अभियन गर्ने बानी यो खेलमा पनि देखियो ।

नेइमारको यो बानीले सबैलाई अचम्ममा पार्‍यो, उनको टिमका, मेक्सिकन खेलाडी, रेफ्री र उनका सहयोगी, फोर्थ हफिसियल । सबै उनको वरिपरी आए । किनकी उनी नेइमार थिए । उनले मात्रै यस्तो गर्न सक्ने एक जर्मन पत्रकारले बताएका छन् ।
२६ वर्षका नेइमार खेलको म्यान अफ दि म्याच भए । खेल पछि नेइमार अन्तर्वाताका लागि तयार थिए । 
यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको आरोप लागेको छ । उनले यो विश्वकपमा अहिलेसम्म २३ पटक पोस्ट प्रहार गरेका छन् र त्यसमा १२ वटा सही निशानामा देखिएका छन् ।

उनले १६ पटक गोल गर्ने राम्रो अवसर सिर्जना गरेका छन् । यस्तै उनले ड्रिबल्स ४० पटक गरिसकेका छन् भने उनीमाथि २३ फउल भएका छन् । नेइमारले यो विश्वकपमा दुई गोल गरेका छन् ।
अहिलेसम्म उनले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ ।

धेरै पटक पढिएको