असार २८, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका-६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं पठाइएको काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
जमिनबाट उद्दार गर्न सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरको प्रयोग गरी उद्दार गरिएको हो । जिल्लामा हालसम्म कुनै माननवीय क्षती नभएको र जोखिमपूर्ण स्थानमा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् ।
बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले झन्डै ९ घण्टासम्म अरनीको राजमार्ग अवरुद्ध परेको छ ।
बनेपाको पुण्यमाता नदीमा बाढी आउँदा बनेपा पुलबजारदेखि धनेश्वरसम्म डुवानमा परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । वर्षका कारण आएको बाढीले बनेपा-८ स्थित जीवन नकर्मीको निमाणर्ाधीन घरमा बस्ने मजदुरहरु अलपत्र परेपछि सेनाले उद्धारसमेत गरेको थियो ।
अरनाीको राजमार्ग बनेपा पुलबजार खण्ड विहान २ बजेदेखि बाढीका कारण ९ घण्टासम्म अवरुद्ध भएको थियो। जसले गर्दा, राजमार्ग भएर आवत जावत गर्ने यात्रुहरु बनेपामा अलपत्र परेका थिए ।
बनेपा, धनेश्वर, लगायतका स्थानका घरहरुको पहिलो तल्लामा बाढी पस्दा राति भागाभाग भएको थियो । ग्रामीण सडकहरुमा पहिरोले यातायात अवरुद्ध भएको छ भने दर्जन बढी घर भत्किएका छन् । केही पशु चौपायको क्षती भएपनि मानवीय क्षति भने भएको छैन् ।
Source: Onlinekhabar.com