भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 11, 2018

भक्तपुरमा घर भत्किँदा एकै परिवारका ३ को मृत्यु

असार २८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

सुतिरहेको बेला खसेकाे पहिराेले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।

source: onlinekhabar

धेरै पटक पढिएको