विश्वकप : बेल्जियमलार्इ पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, July 10, 2018

विश्वकप : बेल्जियमलार्इ पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा


 असार २७, काठमाडौं । रुसमा जारी  विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ ।  मंगलबार (गएराती) भएको सेमीफाइनलको खेलमा  बेल्जियमलाई १-० गोल अन्तरले  पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल गरेका थिए । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो ।

फ्रान्स सन् १९९८ र सन् २००६ मा फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।

धेरै पटक पढिएको