विश्वकप फुटबलको सेमिफाइनल आज, फ्रान्स र बेल्जियम मध्ये को बलियो ? - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, July 10, 2018

विश्वकप फुटबलको सेमिफाइनल आज, फ्रान्स र बेल्जियम मध्ये को बलियो ?

असार २६, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । 

क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ । एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो ।

उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ । सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ ।

फ्रान्स र बेल्ज्यिमको हेड टु हेड रेकर्ड हेर्दा बेल्जियम बलियो देखिन्छ ।

यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन् । जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ ।

१९ खेल बराबरीमा टुंगिएका छन् । दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो ।

फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भोलि इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन् ।

इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

धेरै पटक पढिएको