विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 13, 2018

विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

असार ३०, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । 
नेपाली समय अनुसार आज साँझ पौने ८ बजे सेन्ट पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । 

गत मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो । 

सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इङ्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो । जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो । 

समूह चरणको नतिजा दोर्होयाउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदै छ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ ।

 यस्तै विश्वकपको उपाधिका लागि भने भोली फ्रान्स र क्रोएसिया भिड्ने छन् । भोली नेपाली समयअनुसार पौने ९ बजे मस्कोस्थित लुज्निकी रङ्गशालामा फाईनल खेल हुनेछ ।

धेरै पटक पढिएको