बेलायतमा अमेरिकी राष्ट्रपतिकाे विराेध :- ट्रम्प तिमीलाई तिम्रै श्रीमतीले पनि मन पराउँदिनन् - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 13, 2018

बेलायतमा अमेरिकी राष्ट्रपतिकाे विराेध :- ट्रम्प तिमीलाई तिम्रै श्रीमतीले पनि मन पराउँदिनन्


 असार २९, काठमाडौँ । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । 

बेलायतको युरोपेली यूनियन (ईयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तय भएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ । ‘ट्रम्पलाई पदबाट हटाऔँ’, ‘यो ट्रम्प विरोधी उत्सव हो’, ‘मेरी आमाले तिमीलाई मन पराउन्नन् र उनले सबैलाई मन पराउँछिन् ।’ जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए । 
प्रदर्शनकारीले ‘ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, ट्रम्प तिमीलाई तिम्रै श्रीमतीले पनि मन पराउँदिनन् , अमेरिका फाँसीवादी हुनेछैन’ जस्ता नाराहरू लगाइएका थिए । 
केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए ।

प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रेक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् ।

धेरै पटक पढिएको