पाकिस्तानको चुनावी सभामा आत्मघाती आक्रमण, १२८ को मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 13, 2018

पाकिस्तानको चुनावी सभामा आत्मघाती आक्रमण, १२८ को मृत्यु


असार ३० , काठमाडौं । पाकिस्तानको चुनावी र्‍यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् ।

पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलाे मानवीय क्षति भएकाे हाे ।

इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।
जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन्। शुक्रबार नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए । 

२ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो।

बीबीसीका अनुसार, बोलिचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो । एकपछि अर्को हिंसात्मक घटना भएसँगै पाकिस्तानमा आतंक छाएको छ ।

धेरै पटक पढिएको