विश्वकप फुटबलमा प्रि-क्वाटरफाईनलका खेल सकिंदै, यस्तो छ आजको भिडन्त - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

विश्वकप फुटबलमा प्रि-क्वाटरफाईनलका खेल सकिंदै, यस्तो छ आजको भिडन्त

 असार १९, काठमाडौं । विश्वकप फुटबलमा प्रि–क्वाटरफाईनल अर्थात राउण्ड अफ सिक्सटिनका खेल आज (मंगलबार) सकिंदैछन् ।

आज प्रि क्वाटरफाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वाटरफाईनल समीकरण पूरा हुनेछ ।

आज वेलुकी पौने ८ बजे सेन्ट पिटर्सवर्गमा स्विडेन र स्विट्जरल्याण्ड भिड्नेछन् ।

विश्वकपको समुह एफ् मा रहेको स्विडेन समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

उता समुह ई मा रहेको स्विट्जरल्याण्ड समुह उपपिवजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

आजको दोस्रो खेल

आजै राति पौने १२ बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित स्पार्टाक एरिनामा हुनेछ ।

समूह जी मा रहेको इङ्ल्यान्ड उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

उता, लेटिन अमेरिकी मुलुक कोलम्बिया समुह एच को विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

समुहको पहिलो खेलमा जापानसँग हारेको कोलम्बियाले यसपछि पोल्याण्ड र सेनेगललाई हराउँदै राउण्ड अफ सिक्सटिनमा ठाउँ पक्का गरेको हो ।
गएरातीका खेल
विश्वकप फुटबलमा अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरेका हुन् । 

खेलको ५१ औँ मिनेटमा विलियनको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित सँगै अन्तिम ८ मा स्थान सुनिश्चित गरेका हुन् । 


यस्तै गएराती भएको अर्को खेलमा एसीयाली राष्ट्र जापाललाई बेल्जियमल हराएको छ । इन्जुरी समयमा नासेर चाड्लीको निर्णायक गोलसँगै जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्वकप फुबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो । २–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो । 

धेरै पटक पढिएको