रोकिएन ट्रिपर आतंक, सोल्टीमोडमा एकजनाको ज्यान लियो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 14, 2018

रोकिएन ट्रिपर आतंक, सोल्टीमोडमा एकजनाको ज्यान लियो

असार ३०, काठमाडौं । काठमाडौंमा फेरि ट्रिपरले अर्का व्यक्तिको ज्यान लिएको छ । 
ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् ।

घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए। ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे उनीहरूलाई ठक्कर दिएको थियो। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

सरकारले साउन १ गतेबाट ट्रिपरलाई रातिको समयमा मात्र चलाउन पाउने नियम ल्याएको छ । त्यसको कार्यान्यवन नहुँदै राजधानीमा नै ट्रिपरले सर्वसाधारणको ज्यान लिएको हो ।

धेरै पटक पढिएको