रणवीर अभिनित सञ्जुको चार दिनमा यस्ता रेकर्डहरु, दुवईमा २४ सै घण्टा फिल्महल खुल्ला - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, July 03, 2018

रणवीर अभिनित सञ्जुको चार दिनमा यस्ता रेकर्डहरु, दुवईमा २४ सै घण्टा फिल्महल खुल्ला


 असार १९, काठमाडौं । राजकुमार हिरानीको निर्देशनमा बनेको बलिउडका मुन्ना भाई संजय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ले प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । 

यो भन्दा पहिले अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ले यो वर्ष धमाका मच्चाएको थियो, तर सलमानको ‘रेस ३’को रेकर्डलाई पछि पार्दै सञ्जय दत्तको जीवनीमा बनेको ‘सञ्जु’ले नयाँ रेकर्ड बनाईरहेको छ । यो फिल्मले भारतमा मात्र चार दिनमै १४५ करोड भारु भन्दा बढी कलेक्शन गरिसकेको छ ।

चौथे दिनमा ‘सञ्जु’ फिल्मले बक्स अफिसमा १४५.४१ करोडको कमाई गरिसकेको छ । यो फिल्मले शुक्रबार ३४. ३५ करोड कमाई गरेको थियो । 

त्यस्तै शनिबार ३८.६० करोड, आइतबार ४६.७१ करोड, सोमबार २५.३५ करोड कलेक्शन गरेको थियो । अभिनेता रणवीर कपुर अभिनित यो फिल्म ‘सञ्जु’ ले कुनै पनि बिना बिदा र विकेन्डको सबै भन्दा बढी कमाई गर्ने फिल्मको रुपमा रेकडर्ढ बनाएको छ । यही फिल्मले रिलिज भएको चार दिनमै केही रेकर्डहरु बनाएको छ ।

एकै दिनमा सबै भन्दा धेरै कमाई गर्ने फिल्म
रणवीर कपुर अभिनित ‘सञ्जु’ले एक दिनमै सबै भन्दा बढी कमाई गरेको साउथका सुपरस्टार प्रभाषको फिल्म ‘बाहुबली’को रेकर्डलाई तोडेको छ । तरण आदर्शका अनुसार बाहुवली रिलिज भएको तेस्रो दिन ४६. ५० करोडको कमाई गरेको थियो ।

यो एक रेकर्डनै बनेको थियो । तर, रणवीर अभिनित ‘सञ्जु’ले रिलिजको तेस्रो दिन ४६.७१ करोडको कलेक्शन गर्दै बाहुबलीको सो रेकर्डलाई तोडेको हो । बलिउडमा यो सबै भन्दा बढी कलेक्शन गर्ने फिल्मको रेकर्ड हो ।
२०१८ को ठुलो ‘ओपनिङ डे’ फिल्म
‘सञ्जु’ वर्षको सबै भन्दा बढी ओपनिङ विकेन्ड फिल्म बनिसकेको छ । यो फिल्मले रिलिजको दिन ३४.७५ करोडको कमाई गरेसँगै सलमान खानको फिल्म ‘रेस ३’ र टाइगर श्रफको फिल्म ‘बागी २’को रेकर्डलाई तोडेको छ।

रिलिजको पहिलो दिन सलमानको ‘रेस ३’ले २९.१७ करोड र टाइगरको ‘बागी २’ले २५. १० करोडको कलेक्शन गरेको थियो । त्यस्तै सबै भन्दा चर्चामा रहेको रणवीर र दीपिकाको फिल्म ‘पद्मावत’ले रिलिजको दिन १९ करोडको कलेक्शन गरेको थियो ।

‘सञ्जु’ बन्यो रणवीरको करियरकै सबै भन्दा सफल फिल्म
अहिलेसम्म रणवीरको करियरको सबै भन्दा बढी ओपर फिल्म ‘बेशरम’ (२०१३) बनेको थियो । रणवीरको बेसरमले रिलिजको दिन २१.५६ करोडको कलेक्शन गरेको थियो । रणवीरको फिल्मको सो रेकर्डलाई ‘सञ्जु’ले तोडेको छ ।

रणवीरको सबै भन्दा बढी विकेन्ड ओपनर फिल्म बन्यो ‘सञ्जु’
रणवीरको फिल्म ‘ये जवानी है दिवानी’ करियरको सबै भन्दा बढी विकेन्ड कमाउने फिल्म थियो । बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले रिलिजको पहिलो साता ६१.८७ करोडको कमाई गरेको थियो । रणवीरको सो रेकर्डलाई ‘सञ्जु’ले तीन दिनमै तोडेको छ ।
हिरानीको सबै भन्दा ठुलो ओपनर फिल्म ‘सञ्जु’
अनुष्का शर्मा र आमिर खानको फिल्म ‘पीके’ राजकुमार हिरानीको फिल्म सबै भन्दा ठुलो ओपनर फिल्क थियो । तर ‘सञ्जु’ले राजकुमार हिरानीको ‘पीके’को रेकर्डलाई तोड्दै अर्को फिल्म ‘सञ्जु’ ठुलो ओपनर फिल्म बनेको छ । ‘पीके’ले रिलिजको दिन २५.४५ करोडको कमाई गरेको थियो, भने सञ्जुले रिलिजको ३४. ७५ करोडको कमाई गरेको छ ।

२४ सै घण्टा फिल्महल खुल्ला
रणवीर अभिनित ‘सञ्जु’ भारतमा मात्र नभएर विदेशतिर पनि रेकर्ड तोडिरहेको छ । दुवईमा यसै सञ्जु फिल्मको लागि रिकारले २४ सै घण्टा फिल्महल खुल्ला गर्न इजाजत दिएको छ ।
सञ्जय दत्तको जीवनी जान्नको लागि मानिसहरु उत्साहित छन्, सोही कारण फिल्महलहरुमा दर्शकहरुको भीड लागिरहेको छ । यसै कारण दुवई सरकारले शुक्रबार र शनिबार २४ सै घण्टा फिल्महल खुल्ला गर्न अनुमति दिएको हो। 

- एजेन्सीको सहयोगमा

धेरै पटक पढिएको