प्रहरी जवानले गरे खोलामा बगेका ६ वर्षीय बालकको उद्दार - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 06, 2018

प्रहरी जवानले गरे खोलामा बगेका ६ वर्षीय बालकको उद्दार

असार २२, काठमाडौं । मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् ।

बिहीबार साँझ स्थानीय अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाउँदै गरेको वेला प्रहरी जवान विनय यादव र सुरेश थामीले उनको उद्दार गरेका हुन् ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, केराबारीबाट खटिएका यादव र थामी खोलामा हाम फालेर बालकलाई उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
बालकको उद्दारपछि उनलाई अभिभावकको जिम्मा लगाइएको छ ।

धेरै पटक पढिएको