असार १७, भक्तपुर । भक्तपुर नगरपालिकाले आइतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासु पसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ।
बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनमा मा अधिकांश मासु पसलमा खसी, कुखुरा र राँगाको मासु छुट्टाछट्टै नराखेको, मासु यत्रतत्र छरिएको, झिंगा भन्किएको, ढक तराजु दुरुस्त नराखिएको, मासुसँगै दाना राखिएको, मूल्य सूची नराखिएको र अव्यवस्थित देखिएको अनुगमन समितिका सदस्य हरिराम सुवालले जानकारी दिए।
अनुगमनका क्रममा समितिले प्रदीप शाहीको मासुपसल, न्यू भक्तपुर कोल्ड स्टोर, एसएण्ड एसफ्रेस मिट शप, भक्तपुर चिकेन हाउस, केजी कोल्ड स्टोरलाई तीन दिनभित्र पसल दर्ता गर्न र ख्वप कोल्ड स्टोर तथा न्यू माँ भगवती फ्रेस मिट हाउसलाई नवीकरण गर्न निर्देशन दिएको छ।
समितिले फुटपाथमा मासुजन्य सामान नराख्न, मासु जालीले छोप्न, सेतो एप्रोन लगाउन, मूल्यसूची राख्न, ढक तराजु नापतौल कार्यालयमा नवीकरण गराउन, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न, मासु छट्टा छट्टै राखेर बिक्री गर्न अनुगमन समितिले निर्देशन दिएको नगरपालिकाका स्यानिटेशन उपशाखाका वरिष्ट निरीक्षक. रामकृष्ण प्रजापतिले जानकारी दिए।
Sunday, July 01, 2018
धेरै पटक पढिएको
-
कात्तिक २६, काठमाडौँ । सङ्घीय संसद सुरु भएको ६ महिनामा दुवै सदनका ४१ सांसदले स्वास्थ्य उपचार गराएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाक...
-
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको स...
-
पुस १०, काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । ...
-
पुष १०, भक्तपुर । भारतको चेन्नईमा यही पुष १३ देखी १५ गतेसम्म सम्म आयोजना हुने अन्तर्राष्ट्रिय ताईक्वांडो प्रतियोगिता २०१८ मा ताईक्वांडो...