उपत्यकामा खानेपानीका ९२ प्रतिशत जारमा कोलिफर्म ! - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 01, 2018

उपत्यकामा खानेपानीका ९२ प्रतिशत जारमा कोलिफर्म !

असार १७, काठमाडौँ । के तपाई जारको पानी पिउँदै हुनुहुन्छ ? यदि त्‍यसो भने तपाईंले एक पटक सावधानी अपनाउनुस्। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले हालै गरेको अध्ययन अनुसार उपत्यकामा बिक्री गरिने अधिकांश जारको पानीमा मानिसको दिसा मिसिने गरेको तथ्य फेला परेको छ। नाष्टले बेग्ला बेग्लै ५० ब्रान्डका जारको पानीलाई परीक्षण गर्दा ९२ प्रतिशत कोलिर्फम फेला परेको हो।
काठमाडौँ र ललितपुरमा रहेको रेष्टुरेण्ट, होटल, कलेजको क्‍यानटिन, किराना पसल लगायत पानी राख्‍ने विभिन्‍न जारमा गरिएको परीक्षणमा ९२ प्रतिशत कोलिफर्मको जीवाणु भेटिएको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तले बताए।

नाष्टले तयार पारेको रिपोर्टमा याक एण्ड यति होटल, एनसीआइटी कलेज, क्वालिटी फूड, एकान्तकुना र नख्‍खु, मेगा हस्पिटल, धोबीघाट, बाजेको सेकुवा सिनामंगल लगायतका ५० वटा ठाउँबाट लिइएको नमुनामा कोलिफर्मको जीवाणु फेला परेको छ।
जारमा भरिने अधिकांश पिउने पानी इनार, धारा र खोलाबाट ल्‍याइएको हुन सक्‍ने नाष्टको दाबी छ। जसमा इनारको पानीमा भेटिने अमुनिया, आइरन तथा धमिलो पानीले श्वासप्रश्वास तथा बच्चाको नसा निलो हुने रोग लाग्ने,कोलिर्फमले पखाला लगाउने लगायत अन्य समस्या देखा पर्छन्। लामो समयसम्म प्रदूषित पानीको उपयोगले विभिन्‍न संक्रणात्मक रोग देखा पर्ने चिकित्सकको भनाई छ।

धेरै पटक पढिएको