फ्रान्सद्वारा अर्जेन्टिनामाथि ऐतिहासिक जित दर्ता, अर्जेन्टिना पहिलो पटक प्रि-क्वाटरफाइलनबाट बाहिरियो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 30, 2018

फ्रान्सद्वारा अर्जेन्टिनामाथि ऐतिहासिक जित दर्ता, अर्जेन्टिना पहिलो पटक प्रि-क्वाटरफाइलनबाट बाहिरियो

 
असार १६, काठमाडौँ ।  विश्वकप २०१८ अन्तर्गतको नकआउट चरणबाट अर्जेन्टिना बाहिरिएको छ । काजान रंगशालामा भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ४-३ गोल अन्तरको ऐतिहासिक जित दर्ता गरेको हो । 

डिफेन्डमा कमजोर हुँदा अर्जेन्टिनाको विश्वविजेता बन्ने सपना चक्नाचुर भयो।

इतिहासमै पहिलोपटक नकआउट चरणबाट बाहिरिएको अर्जेन्टिना यसअघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सले खेलको १३औं मिनेटमा फ्रान्सका ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सले अग्रता दिलाएका थिए ।
फ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डि बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो । तर, खेलको ४० औं मिनेटमा अर्जेन्टिनाका डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफको सुरुवातमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा मेसीको एसिस्टमा मरकाडोले गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए ।
तर, अग्रताको खुसी मनाउन नपाउँदै ५७ औं मिनेटमा बेन्जामिनले दोश्रो गोल गर्दैै खेललाई पुनः बराबरीमा ल्याएका थिए । तर, फ्रान्स त्यतिमामात्रै सीमित रहेन, खेलको ६४ र ६८ औं मिनेटमा बाम्पेले गोल गरेका थिए ।

अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।

धेरै पटक पढिएको