ग्रान्डी हस्पिटलको छतमा हेलिकप्टर दुर्घटना - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 30, 2018

ग्रान्डी हस्पिटलको छतमा हेलिकप्टर दुर्घटना

असार १६ , काठमाडौं । धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलको छतमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको छ।

बिरामी बोकेर ल्याएको सिम्रिक एयरको हेलिकप्टर शनिबार दिउँसो ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको हो।

तर अस्पताल प्रशासनले ल्याण्ड गर्नेक्रममा निश्चित स्थान भन्दा केही पर पुगेको तर त्यसबाट केही क्षति नभएको दाबी गरेको छ।

अस्पतालका सञ्चार हेर्ने अधिकृत विनोद अधिकारीले ल्याण्ड गर्ने क्रममा हेलिकप्टर केही पर पुगेको दाबी गरे। घटनाको थप विवरण आउन बाकी रहेको छ ।

धेरै पटक पढिएको