जुम्लामा डा.गोविन्द केसी पक्राउ, हिरासतबाटै अनसन सुरु गर्ने तयारी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 30, 2018

जुम्लामा डा.गोविन्द केसी पक्राउ, हिरासतबाटै अनसन सुरु गर्ने तयारी

असार १६,  जुम्ला । आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

यसअघि डा.केसीलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल हाता भित्र प्रवेशका लागि रोक लगाइएको थियो। अनसन प्रारम्भ गर्नुअघि सामान्य रगत र स्वास्थ्य परिक्षण गर्न जान पनि उनलाई दिइएको थिएन।

प्रहरीले पक्राउ गरेपछि डा. केसीले हिरासतबाटै अनसन सुरु गर्ने तयारी गरेका छन्।

सदाझैँ यो अनशनमा डा केसीका मागहरु समान छन्। प्रमुख विषय एउटै छ, चिकित्सा शिक्षा अध्यादेश कुनै परिवर्तन नभइ पारित होस।

सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेन। दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाँकी छ।

केसीले काठमाडौँमा भनेका थिए, ' प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो। हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन।'

धेरै पटक पढिएको