वर्षाले जनजीवन अस्तव्यस्तः बनेपा र भक्तपुर डुब्यो, अरनिको र वीपी राजमार्ग ठप्प (भिडियो र फोटो फिचर) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 11, 2018

वर्षाले जनजीवन अस्तव्यस्तः बनेपा र भक्तपुर डुब्यो, अरनिको र वीपी राजमार्ग ठप्प (भिडियो र फोटो फिचर)

असार २८ , काठमाडौं । हिजो (बुधबार)देखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् । रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ ।पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे। 

(फोटो तथा भिडियो Jubhama Kavreli को फेसबुकबाट साभार)


यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।

उता, बीपी राजमार्ग पनि वर्षाले प्रभावित भएको छ । राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले बिहानैदेखि सवारी रोकिएका छन् ।




धेरै पटक पढिएको