क्रोएसियाकाे एेतिहासिक जित : पूर्वविजेता इंग्ल्यान्डलार्इ पराजित गर्दै पहिलाेपटक फाइनलमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 11, 2018

क्रोएसियाकाे एेतिहासिक जित : पूर्वविजेता इंग्ल्यान्डलार्इ पराजित गर्दै पहिलाेपटक फाइनलमा


असार २८, एजेन्सी । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ ।  

पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे ।
यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया । फाइनलमा भने पहिलोपटक पुगेर उसले एेतिहासिक जित तय गरेकाे हाे ।

खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल क्रोएसियाका लागि निर्णायक बन्यो । निर्धारित समयमा खेल बराबरी टुंगिएपछि अतिरिक्त समय थपिएकाे थियाे । ९० मिनेटकाे समयसम्म दुवै टिम एक-एक गोलको बराबरीमा राेकिएका थिए । त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो तर थपिएकाे समयमा इंग्ल्यान्डले कुनै गाेल हान्न सकेन ।

सुरूअातमा पाँचौ मिनेटमै क्रोएसियाले गाेल खानुपरेकाे थियाे । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएकाे ५ मिनेटमै फ्रिकिकमार्फत सुन्दर गोल प्रहार गर्दै टाेलीलार्इ अग्रता दिलाएका थिए । क्राेएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरे । खेलको म्यान अफ द म्याच पेरिसिक घाेषित भए ।

पहिलोपटक फाइनल यात्रा तय गरेकाे क्रोएसिया अब आईतबार हुने फाइनल खेलमा कपकाे उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग भिड्नेछ । फ्रान्स १९९८ काे विश्वविजेता टाेली हाे ।

राेचक त के छ भने पहिलोपटक सन १९९८ को फ्रान्समा भएकाे विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो सहभागितामा नै तेस्रो स्थान हासिल गरी तहल्का मच्चाएको थियो । र त्यस कपकाे उपाधि फ्रान्सले जितेकाे थियाे । यसपटक पनि यी दुवै टाेली उपाधिका लागि राेचक भिडन्तमा उत्रँदै छन् ।

धेरै पटक पढिएको