डा. केसीको समर्थनमा डाक्टर आन्दोलित, देशभरका अस्पतालमा आश्मिक बाहेकका सेवा ठप्प - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

डा. केसीको समर्थनमा डाक्टर आन्दोलित, देशभरका अस्पतालमा आश्मिक बाहेकका सेवा ठप्प

साउन ३, काठमाडौँ ।  डा. गोविन्द केसीको जीवन रक्षा माग र उनको मागलाई बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकले बिहीबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालको आकाश्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले बुधबार आन्दोलनको घोषणा गरेको थियो ।

त्यसमा सहमति जनाउदै सरकारी चिकित्सक संघले आफ्ना अस्पतालमा आकाश्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

माग पूरा नगरे हड्ताल लम्ब्याउने

सरकारले अझै आफ्ना माग पूरा नगरे हड्ताल लम्ब्याउने संघले जनाएको छ । सरकारले गठन गरेको बार्ता टोलीले समस्या समाधानमा गम्भीरता नदेखाएको र जवरजस्ती केसीलाई काठमाडौं ल्याउन मात्र खोजिएकोमा पनि संघले आपत्ति जनाएको छ । तर, अस्पताल जस्तो अति संवेदनशिल क्षेत्रमा डाक्टरले नै आन्दोलन गरेकोबारे आलोचना पनि भइरहेको छ । २४ सै घण्टा सेवा दिनुपर्ने र बन्द हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र भएपनि डाक्टरले नै सेवा बन्द गर्नु नागरिकको मौलिक हक विरुद्ध र कानूनको पनि विपरित हुने भन्दै आलोचना गरिएको हो ।
यस्तै डाक्टरस् सोसाइटी अफ नेपालले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

डाक्टर केसीको माग प्रति ऐक्यवद्धता जनाउँदै तथा उहाँको जीवनरक्षाका लागि दबाब दिन प्रजातन्त्रवादी प्राध्यापक संघले पनि माइतीघरमण्डलामा दिउँसो साढे १२ बजेपछि प्रदर्शन गर्दैछ ।

केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने

यसैबीच जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ । बुधबार बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आज हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो । 

धेरै पटक पढिएको