समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी, समर्थकमाथि लाठीचार्ज २ दर्जन घाइते, २ को अवस्था गम्भीर - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी, समर्थकमाथि लाठीचार्ज २ दर्जन घाइते, २ को अवस्था गम्भीर

साउन ३, काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने ।

केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् ।

डा. केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे ।

तर, स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।

डा. केसीका समर्थकमाथि लाठीचार्ज २ दर्जन घाइते, २ को अवस्था गम्भीर

यसअघि, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज गर्दा करिब २ दर्जन सर्मथक विद्यार्थी घाइते भएका छन्।

घाइते २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । तनावका कारण घाइतेको उपचारसमेत हुन सकेको छैन। २० दिनदेखि जुम्लामा अध्ययनरत डा गोविन्द केसीलाई काठमाडौ ल्याउन नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको थियो।

शिक्षा मन्त्रालयका सचिब खगराज बराल नेतृत्वमा केसीलाई लिन टोली जुम्ला पुगेका थियो । डा. केसीले काठमाडौ आउन नमानेपछि सरकारले बल प्रयोग गर्दा झडप भएको हो। 

धेरै पटक पढिएको