तुइन विस्थापन गर्न प्रधानमन्त्रीलाई गायिका आनी छोइङद्वारा एक करोड हस्तान्तरण - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

तुइन विस्थापन गर्न प्रधानमन्त्रीलाई गायिका आनी छोइङद्वारा एक करोड हस्तान्तरण


साउन ३, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छिन्।

नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरे।

गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिए। गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे। कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा पचास हजार सहयोग दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए।

source: deshsanchar.com

धेरै पटक पढिएको