गृहको निर्देशनपछि भक्तपुरमा ट्रक-ट्रपर दिउँसो पूर्ण प्रतिबन्ध - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

गृहको निर्देशनपछि भक्तपुरमा ट्रक-ट्रपर दिउँसो पूर्ण प्रतिबन्ध

साउन ३, भक्तपुर । भक्तपुर–साँगा सडकखन्डमा मिलाएर ट्रिपर र ट्रकलाई प्रतिबन्ध लगाउने तयारी गरेको भक्तपुर जिल्ला प्रशासन गृह मन्त्रालयको निर्देशनपछि हच्चिकिएको छ । 

ट्रक र ट्रिपरलाई बिहान ८ बजेदेखि १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि राति ८ बजेसम्म प्रतिबन्ध लगाउने तयारी गरेको भक्तपुर प्रशासनले अन्तत बिहान ५ बजेदेखि राती ८ बजेसम्म प्रतिबन्ध गर्ने निर्णय गरेको छ। यो  निर्णय जिल्लाका सबै भागमा लागु हुने छ । 

भक्तपुर जिल्ला सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गृहमन्त्रालयले राती ८ बजेदेखि बिहान ५ बजेसम्म काठमाडौं उपत्यकाभित्र ट्रिपर र ट्रकलाई चलाउन रोक लगाउने ब्यवस्था गर्न तीनवटै जिल्लाका सिडियोलाई निर्देशन दिएको थियो । 

स्रोतका अनुसार ललितपुर जिल्ला र काठमाडौं जिल्लाले यसमा चासो देखाएका थिएनन्। यी जिल्लामा रिङरोडभित्र राती ८ बजेदेखि बिहान पाँच बजेसम्म ट्रिपर र ट्रक चलाउन दिने तयारी थियो । त्यसबाहेक अन्य समयमा रिङरोडमा यी साधन चलाउन नदिने विषयमा भने कुनै निर्णय भएको थिएन ।  

काठमाडौं जिल्ला सुरक्षा समितीको बैठकले पनि रिङरोड र रिङरोडभित्र बिहान पाँच बजेदेखि बेलुका ८ बजेसम्म यी साधन चलाउन रोक लगाउने निर्णय गरेको छ । ललितपुरले पनि यस्तै निर्णय गर्ने तयारी गरेको छ ।

धेरै पटक पढिएको