विश्वकपको फाइनल आज, उपाधि होडमा फ्रान्स र क्रोएसिया - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, July 14, 2018

विश्वकपको फाइनल आज, उपाधि होडमा फ्रान्स र क्रोएसिया

असार ३१, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । 
फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशलामा हुँदैछ ।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो । यस्तै इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो ।

फ्रान्सले यसअघि एकपटक विश्वकपको उपाधि उचालेको छ भने क्रोएसियाले उपाधि उचाल्न सकेको छैन । फ्रान्सले सन् १९९८ मा उपाधि उचालेको थियो तर सन् २००६ मा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।

धेरै पटक पढिएको