आवासीय चिकित्सक हडतालमा, आजदेखि आकस्मिकबाहेकका सेवा बन्द - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 12, 2018

आवासीय चिकित्सक हडतालमा, आजदेखि आकस्मिकबाहेकका सेवा बन्द


असार २९ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । 
१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् ।

१४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो ।
यसैविच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले अाजबाट अाकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेकाे हाे । एनअारडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठाेर बाटाे राेजेकाे जनाएको छ ।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ ।

धेरै पटक पढिएको