रेडियोहरुले अब गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 13, 2018

रेडियोहरुले अब गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने

असार २९, काठमाडौँ ।  रेडियोहरुले आउँदो आर्थिक बर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ ।

निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्था बीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको वानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ । जसअनुसार १ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैया, १ सयदेखि पाँचसय वाटसम्मका  रेडियोले ४५ सय रुपैया, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैया र १ हजारभन्दा बढीका रेडियोले बार्षिक १२ हजार रुपैया रोयल्टी बुझाउनुपर्नेछ । 

यो सम्झौता आउँदो साउनदेखि लागू हुने र प्रत्येक पुस मसान्तभित्रमा रोयल्टी रकम सवै रेडियाहरुले बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । 

धेरै पटक पढिएको