भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 15, 2018

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

असार ३२, भक्तपुर ।  भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीनजनाको मृत्यु भएको, डुबानमा परेका चारजना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।
डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ ।
उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव चार करोड ४६ लाख १३ हजार, अस्पतालमा तीन करोड ४० लाख १६ हजार, मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा तीन लाख, चौपाया र पशुपक्षीमा करिब १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए ।

प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताए ।
तथ्यांकानुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करिब तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करिब ६ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । 
चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करिब ५० लाख बराबरको क्षति भएको छ । 

 बागेश्वरीमा तीन जनाको मृत्यु

प्रजिअ भट्टका अनुसार बागेश्वरीमा तीन जनाको मृत्यु भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाइएको छ ।

उद्धार शनिबारसम्म जारी रहेको बताउँदै उनले भने, “हिजो बिहानदेखि दिनभरी सांसद महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुख, जनप्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ७० जनाको टोलीले सरसफाइ गरी डुबानमा परेका व्यापारीको गोदामका सामान निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।”


जनप्रतिनिधि जनताकै काममा उदास 

भत्किएका ठाउँमा ग्याबिन पर्खाल लगाउने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने र सडक पुनःसञ्चालन गर्ने लगायत कामका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएअनुरुप काम भईरहेको उनको भनाई छ ।

असार २९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चारै नगरपालिकाले २४ घण्टाभित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि आइतबारसम्म कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छ्रैनन् । जनप्रतिनिधि जनताकै काममा उदास भएको र चासो नदिएको गुनासो बढेको छ । -रासस

धेरै पटक पढिएको