क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

साउन २, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ।

शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ । तर, नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन्।

धेरै पटक पढिएको