ट्रिपरलाई दिउँसोमा साँगाचोकबाटै नो इन्ट्री ! - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 18, 2018

ट्रिपरलाई दिउँसोमा साँगाचोकबाटै नो इन्ट्री !

साउन २, काठमाडौं । प्रहरीले उपत्यका प्रवेश गर्ने ट्रिपरहरुलाई साँगा चोकमै रोक्ने भएको छ । 

सवारी दुर्घटना बढेपछि ट्रिपरलाई विहान ५ बजेदेखि राति ८ बजेसम्म रोक लगाउने निर्णय भएको छ ।

ट्राफिक महाशाखाले उपत्यकाको निर्णयअनुसार भक्तपुर ट्राफिकले पनि ट्रिपरलाई दिउँसो चलाउन रोक लगाएको छ र रातको समयमा पनि टाइमकार्ड लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले भने, ‘ट्राफिक महाशाखाको निर्णय कार्यान्वयनमा हामीले पनि सहयोग गरेका छौं । रोक लगाएको समयमा ट्रिपरहरुलाई साँगाबाट प्रवेश गर्न दिँदैनौं ।’

यस्तै रातको समयमा पनि साँगाचोक, जगाती र थिमीमा टाइम कार्ड दिने गरिएको छ ।

धेरै पटक पढिएको