रोनाल्डोले काभानीलाई काँध दिएको त्यो क्षण, "हार–जित भन्दा धेरै माथि" - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 30, 2018

रोनाल्डोले काभानीलाई काँध दिएको त्यो क्षण, "हार–जित भन्दा धेरै माथि"

 
असार १७, काठमाडौ ।  खेल, खेल मात्रै होइन, भावनाहरुको भव्य रुप हो। अनि हो उत्साह, उत्कर्ष, आँसु र मुस्कानको आधार । अझ फुटबल र त्यसमा पनि विश्वकप । यसमा खेलाडी वा त्यससँग प्रत्यक्ष रुपमा जोडिएकाहरुको मात्रै होइन विश्वभर रहेका प्रेमीहरुको भावनाको समग्रता देखिन्छ ।

मैदानमा खेलाडीको गोल, उनीहरुको सेलिब्रेशन, विश्वभर त्यसले लिने उत्सवको रुप । सबै मनसँग जोडिने हुन्छन् । कहिले काहिँ खेलाडी बिचको विवाद, चोट र अप्ठ्यारोले हेर्नेहरुलाई पनि असजिलोमा पार्छ ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलपछि धेरैको मन कुँडिएको छ ।

समर्थक जसको भए पनि यो समयका मात्रै होइन विश्व फुटबलको इतिहासमा सर्वकालीन दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बाहिरिँदै गर्दा मन अमिलो नहुने सायदै कोही होला । तर अप्ठ्यारोमा पनि मनमा बस्ने मसिनो कुरा हुन्छ, जसले भयानक ठूला चोटहरु भुल्ने शक्ति दिन्छ ।
यस्तै एक मसिनो तर सम्झनामा स्थायी रुपमा बस्ने दृश्य, पोर्चुगल र उरुग्वेबिचको खेलको अन्त्य तिर देखियो ।

सामूहिक भावनाको मर्म बुझाउने यहि खेलमा भावनाको त्यो रुप पनि देख्न पाइन्छ र मन शान्त हुन्छ । झर्न लागेको आँसु रोकिएर ओठमा मुस्कान फूल्छ । हजारौँ चुम्बनहरुको वर्षा हुन्छ ।

उरुग्वेले २–१ को अग्रता लिएको । उरुग्वेका लागि दुवै गोल गर्ने एडिसन काभानी अनि पोर्चुगलका लागि एक गोल फर्काउने पेपे ।
खेलको केही समय बाँकी थियो ।

उरुग्वेका हिरो एडिसन काभानी, जसले पोर्चुगलको विश्वकप सपना लगभग टुटाइसकेका थिए उनी चोटग्रस्त भए । काभानीको खुट्टामा समस्या देखियो । उनको हामस्ट्रिङ्गमा चोट लागेको अनुमान छ ।
काभानी पीडाले मैदानमा बसे । उता टिम समस्यामा थियो पोर्चुगल, तर कप्तान क्रिष्टियानो रोनाल्डो काभानीको अवस्था बुझ्न आए ।काभानीलाई हात दिए ।

काभानी मैदान बाहिर जान खोज्दै थिए । उनलाई हिँड्न अप्ठ्यारो भएको रोनाल्डोले देखे । अनि नजिक पुगेर काभानीलाई आफ्नो काँध दिए । काभानी रोनाल्डोको काँधमा हातले सहारा लिँदै मैदानबाट बाहिरिए ।

यसले जस्तो अवस्था होस्, मानवीयता भुल्नु हुँदैन भन्ने सोचीको मैदानबाट दुई खेलाडीले सन्देश दिएका छन् । खेलको भव्यता पनि त यहि हो, हार जित भन्दा माथि उठ्नु ।

source> deshsanchar.com

धेरै पटक पढिएको