जेठ २७, २०७५ | प्रदेश नम्बर ३ अन्तर्गत रहेका १० जिल्लामा १० महिनाको अवधीमा सवारी दुर्घटनामा परेर ४०५ जनाको ज्यान गएको छ । साउनदेखि वैशाख सम्ममा ८३४ सवारी दुर्घटना हुँदा १ हजार २०८ जना घाइते भएका छन् । सबैभन्दा धेरै मोटरसाईकल दुर्घटना भएको छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार प्रदेश नम्वर ३ अन्तर्गत रहेका १० जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना चितवनमा भएको छ । प्रदेशमा ८३४ वटा दुर्घटना हुँदा चितवनमा मात्रै ३३१ वटा सवारी दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा दुर्घटनामा परेर १०५ जनाको मृत्यु र ४४५ जना घाइते भएका छन् ।
यस प्रदेशमा सबैभन्दा कम सवारी दुर्घटना रसुवा जिल्लामा भएको छ । रसुवामा १० महिनाको अवधीमा ३ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाइते भएका उहाँले जानकारी दिनुभयो ।
चितवनपछि सबैभन्दा धेरै सवारी दुर्घटना धादिङमा भएको छ । धादिङमा १७२ सवारी दिर्घटना हँुदा १०४ जनाको मृत्यु र ३६२ जना घाइते भएका छन् ।
२१४ वटा ट्रक, ११४ वटा बस, १०९ वटा कार, ५१ वटा ट्रेक्टर, १० वटा टेम्पो, २९६ वटा मोटरसाइकल, २७ वटा साईकल, अन्य १३ गरी ८३४ सवारी साधान दुर्घटनामा परेको प्रहरी उपरीक्षक बज्रचार्यले बताउनुभयो ।
प्रदेश नम्वर ३ मा १ हजार ८३ किलोमिटर राष्ट्रिय राजमार्ग १ हजार ६ सय ३७ कालोपत्रे सडक, १ हजार ९ सय ५७ ग्रवेल र ६ हजार ७५७ किलोमिटर कच्ची सडक छन् । १७७ जनाको दरबन्दी रहेकोमा २२२ जना ट्राफिक प्रहरीले काम गर्दै आएको जानकारी दिदै बज्राचार्यले जनशक्ति र श्रोतसाधनको अभावले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । उहाँले ट्राफिक सचेतनाका कार्यक्रमलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।
Saturday, June 09, 2018
प्रदेश ३ मा सवारी दुर्घटना : १० महिनामा ४०५ जनाको मत्यु
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

