सधैको लागि बन्द हुँदै याहु मेसेन्जर - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 10, 2018

सधैको लागि बन्द हुँदै याहु मेसेन्जर

जेठ २७, काठमाडौ । याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ ।
वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो ।
जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउनेछन् ।
याहूले पछिल्लो केही महिनादेखि  Squirrel एपको परीक्षण गरिरहेको छ । याहू मेसेन्जर बन्द भएसँगै याहूले यस एपलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नेछ । यद्यपि, अहिले नै यो एप प्रयोग गर्न चाहनेले पनि बिटा भर्सन प्राप्त गर्नका लागि आवेदन गर्न सक्दछन् ।
याहू मेसेन्जर च्याट सर्भिस सबैभन्दा पहिले सन् १९९८ मा सार्वजनिक गरिएको थियो । तर समयक्रम सँगै गुगल टक, फेसबुक तथा ह्वाट्सएप आएसँगै याहू मेसेन्जरको लोकप्रियता र प्रयोगकर्ता ह्वात्तै घटेका थिए । याहूले आफ्नो एन्ड्रोइड र आइओएस एप लञ्च गरी आफ्नो मेसेन्जर सर्भिसलाई जिवितै राख्ने कोसिस गरेको थियो । मेसेन्जरको नयाँ भर्सन सन् २०१५ मा लञ्च भएको थियो भने गत अगष्टमा यसको पुरानो भर्सन बन्द गरिएको थियो ।

धेरै पटक पढिएको