इन्धन संकटले काभ्रेको सुन्तला बगैंचामै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, December 09, 2015

इन्धन संकटले काभ्रेको सुन्तला बगैंचामै

कपिल कोईराला
काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने किसानको सुन्तला व्यापारीको अभावमा सुन्तला बगैंचामै रोकिएपछि चिन्तित बनेका छन् ।

गतवर्ष यो मौषममा व्यापारीहरुले काभ्रेका बगैंचामै पुगेर किनिसकेका थिए । सुन्तला बिक्री नभएकोमा चिन्ता परेको र केहि फाट्टफुट्ट आएका व्यापारीले भाउ नदिएपछि सुन्तला बोटैमा कुहिने हो कि भन्ने चिन्ता बढेको शंखुपाटीचौर गाविसका राजन हुमागाईले गुनासो गरे । हुमागाईको २५ रोपनी क्षेत्रफलमा १ हजार बोट सुन्तला छ । ‘गत वर्ष व्यपारीहरु बगैंचामा आएर मोलमोलाई गरिसकेका हुन्थे, हुमागाईले भने–‘सुन्तला बोटमै कुहिएला भन्ने चिन्ता लागिसक्यो, न सुन्तलाको मूल्य आउछ न व्यापारीनै ।’ अघिल्लो वर्ष यो समयमा उनले बेचिसकेको बताए ।

१३ सय सय हेक्टरमा व्यवसायीक रुपमा काभ्रेमा सुन्तला खेति हुँदै आएकोमा सुन्तलाको उत्पादन बढेपनि ढुवानीमा इन्धनको समस्या र तराई आन्दोलनका कारण किसानको सुन्तला उठाउन समस्या भएको व्यापारी विकास खत्रीले बताए । उनले गत वर्ष यो समयमा ७० लाखको सुन्तला किसानको बगैंचाबाटै उठाएका थिए । ‘गत वर्ष यहि समयमा  ७० लाखको सुन्तला उठाएको थिए, उनले भने–‘तर यसपाली भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले कारोबारै गर्न सकेको छैन ।’ उनले कृषकको बगैंचा किनेर राख्दा पनि नबिकेर कुहिने डरले अहिले सम्म कुनै बगैचा किनेका छैनन् । काभ्र्रेमा अघिल्लो वर्ष सुन्तला बगैंचामै पुगेर प्रतिकेजी २० रूपैयाँ देखी ५० रूपैयाँ सम्म व्यापारीले किसानलाई दिएका थिए । विशेष गरी काभ्रेको सुन्तला तराईका जिल्लामा बढी खपत हुने भएकाले आन्दोलन र नाकाबन्दीले उक्त जिल्लाहरुमा पठाउन नसक्दा केहि गिरावट आउनसक्ने व्यापारीहरुले बताएका छन

अन्य जिल्लाका तुलनामा काभ्रेको सुन्तला मिठो र स्वादीलो हुने भएकाले उपत्यका सहित तराईका जिल्लाहरुबाट माग  आउने जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ । कार्यालयले मौसमको अनुकुलता, प्राविधिक हेरचाहका कारण गत वर्षको तुलनामा  सुन्तला खेती अधिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरेपनि इन्धन संकट र नाकाबन्दीले किसान मर्कामा परेको कृषि विकास कार्यालयका अधिकृत सुर्य बहादुर थापाले जानकारी दिए । जिल्लामा सुन्तला खेतिबोरे गत बर्षदेखि अभियानमुखी सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रम सञ्चालन भएको थियो । किसानहरुले असोज देखी मंसिर सम्म सुन्तला टिपी बिक्री गर्ने गरेका छन् ।

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौं, ललितपुर भक्तपुर, सिराहा, धनुषा, इटहरी, झापा विराटनगर, विरगंज लगाएतका तराईका  जिल्लाहरूमा  जाने गरेको थियो । जिल्ला कृषि विकास कार्यलयका अनुसार पनौती नगरपालिका, शंखु, सुन्थान, कुशादेवी, रयाले, बल्थली, चलाल, स्यामपाटी, काभ्रे, ढुंखर्क, तिमालका कानपुर, नारायणस्थान लगायतका गाविसहरु सुन्तलाको लागि पकेट क्षेत्र मानिन्छन् ।

 for More click here

धेरै पटक पढिएको