आज नयाँ संविधान, बेहुली झैं सिंगारियो संविधानसभा (फोटो फिचर) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 19, 2015

आज नयाँ संविधान, बेहुली झैं सिंगारियो संविधानसभा (फोटो फिचर)

२०७२ आस्विन ३ आईतवार
संविधानसभाले पारित गरेको र सभाध्यक्ष नेम्बाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । सो समारोहमा राष्ट्रपति डा यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नेछन् ।
समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।
नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई बेहुली जस्तै चिटिक्क बनाइएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ ।
संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।







धेरै पटक पढिएको