विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला ? - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 17, 2018

विश्वकपमा आज तीन खेल, कहाँ कुन बेला ?


४ असार । विश्वकप फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । 
आज (सोमबार)को पहिलो खेलमा एसियाली देश दक्षिण कोरियाले युरोपेली देश स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह एफ अन्तर्गतको यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे निज्नी नोभ्गोरोड रंगशालामा हुनेछ ।

दोस्रो खेलमा समूह जी मा रहेको बलियो टिम बेल्जियमले पहिलो पटक विश्वकप खेल्न लागेको पानामासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सोचीमा हुनेछ ।

यस्तै समूह जी अन्तर्गत नै सोमबारको अन्तिम खेलमा ट्युनिसियाले इंग्ल्याण्डको सामना गर्नेछ । यो खेल भोल्गोग्राड एरिनामा राति पौने १२ बजेपछि सुरु हुनेछ । यी खेलपछि रुस विश्वकपमा सबै टिमले आफ्नो पहिलो खेलिसक्ने छन् ।

धेरै पटक पढिएको