असार ४, काठमाडौं । साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ।
उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।
खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
चार पटकको विश्व बिजेता जर्मनीले खेलमा थुपै अवसर सिर्जना गरे पनि मेक्सिकोले उत्कृष्ट बचाउ गर्दा गोल हुन नसकेको हो । उता उपाधि दावेदार ब्राजिल पनि विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिललाई युरोपियन प्रतिद्वन्द्वी स्वीट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको हो । खेलको २० आँैं मिनेटमा ब्राजिलका कौटिन्होले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ५० औं मिनेटमा स्टेभेन जुबेरले एक गोल गरेपछि खेल बराबरीमा सकिएको हो । यही समुहको अर्को खेलमा सर्वियाले कोष्टा रिकालाई १–० ले पराजित गर्यो ।
पूर्व युगोस्लाभ मुलुक सर्वियालाई जिताउन अलेक्जेन्डर कोलारोभले ५७ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । कोलारोभले फ्रि किक प्रहारमा उत्कृष्ट गोल गरेका थिए ।