पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 17, 2018

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

४ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । 
अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि गएराती १२ बजेदेखि निगमले इन्धनको मूल्य घटाएको हो । भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूलय घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । 
आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ घटाइएको उहाँले बताउनुभयो । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ । 
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले जानकारी दिनुभयो । 

धेरै पटक पढिएको