जापानमा शक्तिशाली भूकम्प - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 17, 2018

जापानमा शक्तिशाली भूकम्प

असार ४, टोकियो, । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पमा परी कम्तिमा ३ जनाको ज्यान गएको छ । कम्तिमा २१७ जना घाइते भएका छन् । 

भूकम्पले ओसाकामा धेरै क्षति भएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेको जनाइएको छ ।  भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । 
जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन् । 

ओसाकाका एक लाख ७० हजार ८०० घरमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्तिसमेत बन्द भएको छ । (एजेन्सी)

धेरै पटक पढिएको