विश्वकप फुटबल:- अष्ट्रेलियामाथि फ्रान्सको संघर्षपूर्ण जित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 16, 2018

विश्वकप फुटबल:- अष्ट्रेलियामाथि फ्रान्सको संघर्षपूर्ण जित

२ असार, काठमाडौं । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार भएको समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि २-१ को जित हात पारेको हो । फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिम मानिएको थियो । तर, पहिलो खेलको प्रदर्शन भने त्यस्तो रहेन ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी गि्रजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री -भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो । विश्वकपमा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।

फ्रान्सको अग्रता धेरैबेर टिक्न सकेनन् । उम्टिटीले हाण्ड गरेपछि पाएको पेनाल्टीमा जेडिकनले बराबरी गोल गरे । बराबरीपछि फ्रान्स निकै दबावमा आएको थियो ।

तर, ८० औं मिनेटमा पल पोग्बाले गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परीणत भएको थियो । यसमा पनि रेफ्रीले सुरुमा गोल दिएका थिएनन् तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिइयो ।

धेरै पटक पढिएको