वर्षाको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 16, 2018

वर्षाको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान

असार २,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय नभएसम्म वर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान गरेको छ।
भारतको राजस्थानबाट धुँलो नेपालको पश्चिमी भूभागबाट आँधीको रूपमा प्रवेश गरि पुर्वीय हावासंग मिश्रण हुँदा भएको वर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै वर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो।
मौसमविद् मिनकुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न सुझाव दिए। उनले पहेलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औँल्याए।
आकासे पानी संकलन गरेर कृषि, पशुचौपाय अर्थात घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ। भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राति परेको वर्षा पहेलो र हिलो मिसिएको पाइएको उनले स्पष्ट पारे।
उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए। उनले धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पूर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने बताए। शुक्रबार साँझ मुलुकका विभिन्न स्थानमा परेको पानी पहेलो र हिलो मिसिएको पाइएपछि सर्वत्र त्रास फैलिरहेको छ।

धेरै पटक पढिएको